बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) राष्ट्रिय स्तरमा सहकारिताको माध्यमबाट सहकारी संघ–संस्थाहरुको प्रवद्र्धन एवं विकासको लागि आवश्यक नीतिहरु तर्जुमा गरी सो को कार्यान्वयन गर्न नेपाल सरकार समक्ष सिफारिश गर्ने ।
(ख) सहकारी विकास सम्बन्धी नीति निर्माण र तत्सम्बन्धी विकास योजना तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग पु¥याउने र ती नीतिहरु कार्यान्वयन गर्ने, गराउने ।
(ग) सहकारी विकास सम्बन्धी आवश्यक अध्ययन तथा अनुसन्धान गर्ने, गराउने ।
(घ) सहकारी संघ–संस्थाहरुलाई सुलभ तरीकाबाट ऋण वा अनुदान प्रदान गर्ने उद्देश्यले एक सहकारी विकास कोष खडा गरी सो कोषबाट सहकारी संघ–संस्थालाई विकासमूलक कार्य सञ्चालन गर्नको लागि आवश्यक पूँजी उपलब्ध गर्ने, गराउने ।
(ङ) सहकारी संघ–संस्था वा सहकारी बैंकको शेयरमा लगानी गर्ने ।
(च) सहकारी संघ–संस्थाहरुले स्वदेशी बैंक वा अन्य निकायबाट ऋण लिंदा वा ऋणपत्र जारी गर्दा बोर्डको सहयोग मागेमा आवश्यकतानुसार जमानत दिने ।
(छ) सहकारी संघ–संस्थाहरुको विकाससंग सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी आवश्यक व्यवस्था मिलाउन तथा सहकारी संघ–संस्थाहरुको प्रवद्र्धन तथा संरक्षण गर्न प्राविधिक सहयोग उपलब्ध गर्ने, गराउने ।
(ज) नेपाल सरकारका विभिन्न निकाय, सहकारी संघ–संस्था तथा गैह्र सरकारी संंस्थाहरुबीच सामन्जस्य स्थापना गरी त्यस्ता संस्थाहरुलाई व्यवसायमूलक कार्यक्रममा बढी प्रोत्साहित गराउन समन्वयात्मक सहयोग पु¥याउने ।
(झ) स्वदेशी तथा विदेशी लगानीकर्ता संघ–संस्था कम्पनी तथा कर्पोरेशन र नेपाल सरकारसंग सहकारी क्षेत्रमा औद्योगिक विकासको लागि संयुक्त लगानी गर्न सम्झौता गराउने ।
(ञ) सहकारी विकास सम्बन्धी अन्य आवश्यक कार्य गर्ने, गराउने ।